२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

समानुपातिकतर्फ बन्दसूची बुझाउन ७ दल आयोगमा, अझैं पुगेनन् कांग्रेस, एमाले र नेकपा  

shivam cement
२०८२ पुष १४ गते १६:४९
Shares
समानुपातिकतर्फ बन्दसूची बुझाउन ७ दल आयोगमा, अझैं पुगेनन् कांग्रेस, एमाले र नेकपा  

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूची बुझाउने दलको संख्या ७ पुगेको छ । 

निर्वाचन आयोगका अनुसार सोमबार बन्दसूची बुझाउने अन्तिम दिनसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी (मार्क्सवादी–पुष्पलाल), जसपा नेपाल र गतिशील लोकतान्त्रिक पार्टीले सूची पेस गरेका छन् । 

नेमकिपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालले ११०–११० जनाको सूची बुझाएका छन् । नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले १२–१२, नेकपा (मार्क्सवादी–पुष्पलाल) ले २० र गतिशील लोकतान्त्रिक पार्टीले ११ जनाको बन्दसूची पेस गरेको आयोगले जनाएको छ । 

यद्यपि यो समाचार तयार पार्दासम्म तीन ठूला दल कांग्रेस, एमाले र नेकपा आयोगमा पुगेका छैनन् ।

सम्बन्धित खबर