२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं : रेशम चौधरी

shivam cement
२०८२ पुष १४ गते १७:०३
Shares
सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं : रेशम चौधरी

काठमाडौं : रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ । 

सोमबार पार्टीका तर्फबाट समानुपातिक तर्फको सांसदहरूको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीमाझ प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने बताएका हुन् ।

उनले नागरिक उन्मुक्ति पार्टीलगायतका पाटीहरूसँग गठबन्धन गरेर निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पारे । सो पार्टीका संरक्षक चौधरीले समानुपातिक बन्दसूचीमा पनि आफूले देशका सबै भूगोललाई समेटर उम्मेदवार बनाएको पनि जानकारी दिए । 

त्यस अवसरमा संरक्षक चौधरीले निर्वाचनमा आउने परिणाम भने मतदाताको छनोटमा भरपर्ने उल्लेख गरे ।

सम्बन्धित खबर