
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची दलहरूले बुझाउँदै गर्दा जेनजीहरूले प्रदर्शन गरेका छन् । सोमबार निर्वाचन आयोगको कार्यालय परिसरमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन धोका हो भन्दै प्रदर्शन गरेका छन् । उनीहरूले आफ्ना माग पूरा नभएसम्म निर्वाचन हुन दिदैनौं भन्दै प्रदर्शन गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आयोगमा अहिलेसम्म ९ दलले बन्दसूची बुझाएका छन् । बुझाउने दलमा नेपाल मजदूर किसानपार्टी ११०, नेपाल लोकतान्त्रिक पार्टी १२ र राष्ट्रिय जनमोर्चा ११० छन् । सूची बुझाउने दलमा जनप्रिय लोकतान्त्रिक पार्टी १२, नेकपा माक्सवादी–पुष्पलाल २०, गतिशील लोकतान्त्रिक पार्टी ११, जसपा नेपाल १०१, समावेशी समाजवादी पार्टी ३१ र समावेशी समाजवादी पार्टी नेपाल १२ रहेका छन् ।