२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

मार्तडीमा कृषि उपज संकलन केन्द्र

ADV
मध्यान्ह
२०८१ साउन १४ गते ११:५७
मार्तडीमा कृषि उपज संकलन केन्द्र

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा आउने भएको छ । जिल्लामा उत्पादन भएका तरकारी तथा परम्परागत बाली भण्डारण गर्नेगरी कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरेका हुन् । कृषि विकास निर्देशनालय दिपायलका इन्जिनियर कोषराज बडूले चिस्यान केन्द्र भवन निर्माण सम्पन्न भएर उपकरण जोड्नमात्रै बाँकी रहेको जानकारी दिए । सबै काम सकेर बडिमालिका नगरपालिकालाई हस्तान्तरण गरिने बताए ।

कृषि उपज संकलन केन्द्रले भण्डार तथा बिक्री वितरणमा सहयोग पुर्‍याउने कृषि ज्ञान केन्द्रका प्रमुख भूमिराज उपाध्यायले बताए । हाटबजार सञ्चालनमा ल्याउन खाद्य अधिकार सञ्जालका अध्यक्ष लक्ष्मीराज उपाध्यायले आग्रह गरे ।

चिस्यान केन्द्रसहित कृषि हाटबजार सञ्चालनमा आएपछि उत्पादित आलु, बन्दा, सुन्तला, स्याउ र परम्परागत बालीको भण्डारण गर्न सहयोग पुग्ने बडिमालिका नगरपालिकाले कृषि शाखाले जनाएको छ । कृषिउपज संकलनकेन्द्रका लागि संरचना बनिसकेकाले सामग्री खरिद तथा जडान व्यवस्थापन गरेर यस वर्षभित्र सञ्चालन गर्ने निर्णय गरिएको बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताइन् । कृषिउपज संकलनकेन्द्र सञ्चालनका लागि आवश्यक प्राविधिक व्यवस्थापन गरी दसैँअगावै सञ्चालनमा ल्याएर किसानले उत्पादन गरेका वस्तुलाई संकलनगरेर बिक्री वितरणलाई व्यवस्थित बनाउने तयारी रहेको उनले जानकारी दिइन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise