२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मेची भन्सार कार्यालय: पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व संकलन

shivam cement
२०८२ पुष १५ गते १०:०८
Shares
मेची भन्सार कार्यालय: पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व संकलन

झापा : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व संकलन भएको हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्य बराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व संकलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसै गरी, कार्यालयको तथ्यांकअनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिंकरबाट ३.३० प्रतिशत राजस्व संकलन भएको छ ।

सम्बन्धित खबर