२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

अफगानिस्तानद्वारा पहिलो पटक कतारमा अनार निर्यात

shivam cement
२०८२ पुष १५ गते ११:२८
Shares
अफगानिस्तानद्वारा पहिलो पटक कतारमा अनार निर्यात

काठमाडौंः अफगानिस्तानले आफ्नो कृषि उत्पादनलाई नयाँ अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने प्रयासको एक महत्वपूर्ण कदमको रूपमा कान्दाहार प्रान्तबाट पहिलो पटक कतारमा अनार निर्यात गरेको छ । स्थानीय सञ्चारमाध्यम टोलो न्युजले दिएको जानकारीअनुसार करिव २० टन अनारको यो पहिलो खेप कतार पठाइएको हो ।

यो ढुवानीले क्षेत्रीय बजारभन्दा बाहिरका क्रेताहरूसम्म पुग्ने अफगान उत्पादकहरूको बढ्दो सक्रियतालाई पुष्टि गर्दछ । रिपोर्टकाअनुसार गत वर्षको तुलनामा यस वर्ष कान्दाहारको अनार निर्यातमा करिव ३२ प्रतिशतले वृद्धि भएको छ ।

हालसम्म मलेसिया, उज्वेकिस्तान र रुस लगायतका देशहरूमा झन्डै २२ हजार टन अनार निर्यात भइसकेको छ । अनार उत्पादनको प्रमुख हबका रूपमा चिनिने कान्दाहारमा यस वर्ष फलफूल निर्यातमा उल्लेख्य प्रगति देखिएको छ । 

ताजा खबर

सम्बन्धित खबर