२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेट : जनताबाट मुद्दा अनुमोदन गराउन आग्रह

shivam cement
२०८२ पुष १५ गते १२:०९
Shares
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेट : जनताबाट मुद्दा अनुमोदन गराउन आग्रह

काठमाडौँ :  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंसँगको भेटमा मुलुकको शान्ति सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग गर्न अपिल गरेकी छन् । 

बालुवाटारमा मंगलवार बिहान भएको भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई दिगो लोकतन्त्रको एकमात्र आधार बताउँदै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेकी हुन् । मुलुकले थप अस्थिरता र अशान्ति थेग्न नसक्ने भन्दै आफ्ना मागहरू शान्तिपूर्ण ढंगले राख्न र जनताबाट मुद्दा अनुमोदन गराउने लोकतान्त्रिक बाटो अपनाउन आग्रह गरिन् । 

प्रधानमन्त्रीले कठिन परिस्थितिबाट देशलाई शान्तितर्फ फर्काएको स्मरण गर्दै निर्वाचनको वातावरण पूर्ण रूपमा बनेको बताउइन् । 

सम्बन्धित खबर