२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

Nada
२०८१ साउन १४ गते १२:२७
Shares
भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

सुर्खेत : जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । 

ncell

गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेकोे हो । 

रिम्नावासी भावना रानाले भनिन्,“ अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।”  भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताइन्  । उनले भनिन्, “हाम्रो दुःख बुझ्ने कोही भएनन् ।” 

सम्बन्धित खबर