२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

shivam cement
२०८२ पुष १५ गते १४:३०
Shares
चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

काठमाडौं : चीनले सन् २०२६ जनवरी १ देखि ९ सय ३५ वस्तुहरूमा निकट सहयोगी राष्ट्रको लागि  तोकिएका दरभन्दा कम अस्थायी आयात शुल्क दरहरू लागू गर्ने घोषणा गरेको छ । 

‘यस कदमको उद्देश्य घरेलु र अन्तरराष्ट्रिय बजार बीचको तालमेल बढाउनु र उच्च गुणस्तरका सामानको आपूर्ति विस्तार गर्दा दुवै पक्षको स्रोतलाई सुधारिएको तरिकाले उपयोग गर्नु हो,’ चिनियाँ राज्य परिषद् भन्सार शुल्क आयोगको निर्देशनमा उल्लेख छ ।

निर्देशनमा भनिएको छ, ‘चीनले उच्च स्तरको प्राविधिक आत्मनिर्भरतालाई सहयोग पुर्याउन र मानवीय कल्याणका लागि केही प्रमुख उत्पादन र उन्नत सामग्री, हरित विकासलाई सहजीकरण गर्न निश्चित स्रोत र कृत्रिम रक्तनलीहरूसहित केही चिकित्सा उत्पादनहरूमा कर घटाउनेछ ।’

चीनले अर्को वर्ष कर शीर्षक र राष्ट्रिय उपशीर्षकहरूमा पनि सु्‌धार गर्नेछ । प्राविधिक प्रगति र अर्थतन्त्रजस्ता क्षेत्रहरूको विकासलाई टोवा पुर्‍याउन चीनले ‘इन्टेलिजेन्ट बायोनिक रोबोट’ र ‘बायो–एभिएसन इन्धन’ लगायतका उत्पादनहरूको लागि राष्ट्रिय उपशीर्षकहरू थप्नेछ । 

२४ स्वतन्त्र व्यापार सम्झौताहरू र माथि उल्लिखित व्यापार साझेदारहरूसँग हस्ताक्षर गरिएको अग्राधिकार व्यापार व्यवस्था अनुसार आर्थिक र व्यापार सहयोगलाई गहिरो बनाउन र क्षेत्रीय एकीकरणलाई बढावा दिन चीनले सन् २०२६ मा आफ्ना ३४ व्यापारिक साझेदारहरूबाट उत्पन्न हुने केही आयातित वस्तुहरूमा सहमत कर दरहरू लागू गर्नेछ । 

अर्को वर्ष चीनसँग कुटनीतिक सम्बन्ध स्थापित गरेका ४३ अल्पविकसित मुलुकका लागि शतप्रतिशत कर छुटको मार्गमा चीनले शून्य कर नीतिको व्यवहार गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर