२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

यातायात कार्यालयबाट १२ करोड बढी राजस्व संकलन

shivam cement
२०८२ पुष १५ गते १५:०२
Shares
यातायात कार्यालयबाट १२ करोड बढी राजस्व संकलन

सुर्खेत : भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट रु १२ करोड बढी राजस्व संकलन भएको छ । 

कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा रु १२ करोड ५७ लाख ७० हजार ६५९ राजस्व संकलन भएको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर, प्रशासनिक दण्ड जरिवाना र जफत बापतको रकम संकलन गरिएको हो । 

यातायात कार्यालय सुर्खेतबाट रु ११ करोड नौ लाख २० हजार ७३९ संकलन भएको छ । जुम्लाबाट रु ६५ लाख ४२ हजार ३१९ संकलन भएको जनाइएको छ । त्यसैगरी चौरजहारीस्थित कार्यालयबाट रु ८३ लाख सात हजार ६०१ संकलन भएको प्रवक्ता सुवेदीले जानकारी दिए । प्रदेश सरकारले तीन ठाउँबाट संकलन गरेको राजस्व हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

सम्बन्धित खबर