२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

यी दलले पेस गरे निर्वाचन आयोगमा बन्दसूची (सूचीसहित) 

shivam cement
२०८२ पुष १५ गते १५:१८
Shares
यी दलले पेस गरे निर्वाचन आयोगमा बन्दसूची (सूचीसहित) 

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गरेका छन् । निर्वाचन आयोग, नेपालले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार ६४ वटा राजनीतिक दलले ५८ वटा निर्वाचन चिन्हमार्फत समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् ।

निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार यहीँ पुस १३ र १४ गते बन्दसूची पेस गर्ने कार्यतालिका तोकिएको थियो । सोही तालिकाअनुसार ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिन्हमा बन्दसूची पेस गरेका छन् भने १० वटा राजनीतिक दलले ४ वटा एकल निर्वाचन चिन्हमा सहभागी हुने गरी सूची बुझाएका आयोगले जनाएको छ । 

नेपालको संविधानको धारा ८४ को उपधारा १ (क) अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १ सय ६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यस्तै, उपधारा १ (ख) अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई प्राप्त मतको आधारमा  १ सय १० जना प्रतिनिधिसभा सदस्य निर्वाचित गरिने संवैधानिक प्रावधान रहेको छ ।

समानुपातिकतर्फ बन्दसूची पेस भएसँगै प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारी औपचारिक रूपमा अर्को चरणमा प्रवेश गरेको निर्वाचन आयोगले जनाएको छ । अब आयोगले कानुन र निर्वाचन निर्देशिकाअनुसार बन्दसूचीको परीक्षण, अध्ययन तथा आवश्यक प्रक्रिया अघि बढाउनेछ ।

हेर्नुहोस् सूची :

सम्बन्धित खबर