२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने भएपछि प्रधानले आफैं फिर्ता लिए नाम

Nada
२०८१ साउन १४ गते १४:०१
Shares
संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने भएपछि प्रधानले आफैं फिर्ता लिए नाम

काठमाडौं : निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधान आफ्नो नाम फिर्ता लिएका छन् ।

ncell

संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने भएपछि प्रधानले नाम फिर्ता लिएको भन्दै संसदीय समितिमा निवेदन दिएका हुन् ।

गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उनको संसदीय समितिले सुनुवाइ गरिसकेको छ । 

प्रधानबारे निर्णय गर्न सोमबार बिहान ११ बजे बोलाइएको समितिको बैठक दलहरु आन्तरिक छलफलमा रहेकाले ५ बजेका लागि सारिएको थियो ।

प्रधानलाई यौन दुर्व्यहारको आरोप लागेको छ । संवैधानिक निकायमा जिम्मेवारी पाउने व्यक्ति उच्च नैतिक चरित्रको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित खबर