२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस प्रवक्ता महतको आरोप- भदौ २४ को अपराधलाई वैधानिकता दिन खोजियो

shivam cement
२०८२ पुष १६ गते १६:५८
Shares
कांग्रेस प्रवक्ता महतको आरोप- भदौ २४ को अपराधलाई वैधानिकता दिन खोजियो

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ मा जेनजी आन्दोलनमाथि सरकारी रवैया गलत रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको क्रममा सरकारले गरेको बल प्रयोग गलत भएको प्रतिक्रिया दिएका हुन् ।

प्रवक्ता महतले सरकारले भदौ २४ गतेको आगजनी, लुटपाटजस्ता घटनालाई वैधानिकता दिन खोजेको आरोप लगाउँदै आपत्ति समेत जनाए । उनले त्यस्ता अपराधिक घटनालाई सरकारले संरक्षण गर्ने र वैधानिक दिने काम गर्‍यो भने मुलुकमा फेरी पनि त्यस्ता घटना दोहोरिने समेत स्पष्ट पारे । 

प्रवक्ता महतले मुलुकलाई शान्ति, स्थायित्व र समृद्धि दिनका लागि भदौ २४ को घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने काममा सरकारले ढिलाइ गर्न नहुने बताए । 

सम्बन्धित खबर