
एमालेले बुझाएको सूचीमा ५६ जिल्लाबाट प्रतिनिधित्व
काठमाडौं : नेकपा (एमाले)को समानुपातिक बन्दसूचीमा २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ भने ५६ जिल्लाबाट मात्र प्रतिनिधित्व समेटिएको छ । झापाबाट सबैभन्दा बढी ९ जनाको नाम परेको छ ।
एमालेले २ सय ७५ सदस्यीय प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ १ सय १० जनाको बन्दसूची पुस १३ र १४ गते निर्वाचन आयोगमा बुझाएको हो । आयोगले कानुनअनुसार कलस्टर मिलेको/नमिलेको छानबिन गरिरहेको छ र पुस २० गते दलहरूलाई त्रुटि सच्याउन पत्राचार गर्नेछ ।
दलहरूले पुस २७ गतेसम्म सूची संशोधन गर्न पाउनेछन् । पुस २८ मा नाम फिर्ता, ३० पुसमा रिक्त स्थान पूर्ति र ४ माघमा बन्दसूची प्रकाशन हुनेछ । ५–१० माघ दावी–विरोध, ११–१७ माघ छानबिन र २० माघ अन्तिम सूची प्रकाशनको तालिका छ ।
मतदान २१ फागुनमा हुनेछ ।