२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डमा हल बुकिङ

shivam cement
२०८२ पुष १७ गते १५:५४
Shares
कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डमा हल बुकिङ

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि भृकुटीमण्डपस्थित हल बुकिङ गरिएको छ । विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ र २८ गतेका लागि हल बुकिङ गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।

गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो । विधानअनुसार तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । 

नियमित महाधिवेशन टरेपछि विशेष महाधिवेशन पक्षधरले तयारी तीव्र पारेका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा छन् भने सभापति शेरबहादुर देउवा विपक्षमा छन् ।

सम्बन्धित खबर