२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह

Nada
२०८१ साउन १४ गते १५:२८
Shares
कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्यात प्रवर्द्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक नीतीगत र संरचनागत परिवर्तन गर्न सरकार तयार रहेको बताएका छन् ।

ncell

३०औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डस्  एसोसिएसनद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नयाँ सरकार बनेपछि जारी मौद्रिक नीतिले सरकार उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने कुरा प्रमाणित गरेको उल्लेख गरे । व्यावसायिक काममा परेका समस्यालाई तत्काल समाधान गर्नका लागि सरकारलाई घच घच्याउनसमेत उनले आग्रह गरे ।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले गत वर्ष नेपालको कार्गो व्यवसायमा उल्लेखनीय योगदान गरेका सुन्दरप्रसाद दाहाल, आशिष गजुरेल, क्याथे कार्गो तथा नेपाल एयरलाइन्स लगायतका संस्था तथा व्यक्तिलाई सम्मान गरे । 

कार्यक्रममा सांसद गणेश पराजुलीले नेपालको अतिकम विकसित देशबाट विकाशोन्मुख देशमा स्तरोन्नति हुँदै जाँदा निर्यातमा हाल पाउँदै आएका सुविधा खोसिन सक्ने भएकाले सरकार त्यसतर्फ हुनुपर्ने बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कार्गो  व्यवसायलाई विभिन्न अव्यवहारिक करले दुखः दिइरहेको उल्लेख गर्दै त्यसलाई हटाइ निर्यात व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

फ्रेट फरवार्डस्  एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले मल्टी मोडेल ट्रान्सपोर्ट ऐन र नियमावलीमा समयनुकूल परिवर्तन गर्नुपर्ने बताए । 

सम्बन्धित खबर