
काठमाडौंः खेरसनको एक क्याफे र होटलमा तीनवटा युक्रेनी ड्रोनकाे आक्रमणबाट २४ जनाको मृत्यु भएको छ । अन्य ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा एक पोस्ट गर्दै नागरिकहरू नयाँ वर्ष मनाउन भेला भएका बेला यो आक्रमण भएको जानकारी दिए । उनले एउटा ड्रोनमा प्रज्वलनशील मिश्रण रहेको र त्यसले घटनास्थलमा भीषण आगलागी गराएको उल्लेख गरे ।