२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेसको महाधिवेशन आगामी वैशाख २८–३१ गते गर्ने प्रस्ताव

shivam cement
२०८२ पुष १८ गते १७:३७
Shares
कांग्रेसको महाधिवेशन आगामी वैशाख २८–३१ गते गर्ने प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी २०८३ वैशाख २८–३१ गते गर्ने प्रस्ताव गरिएको छ ।

सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको जानकारी नेता विमलेन्द्र निधिले दिए । यसअघि पुस २६–२८ गते तोकिएको महाधिवेशन तालिका प्रभावित भएपछि नयाँ मिति अघि सारिएको हो ।

तर महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।

सम्बन्धित खबर