२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप्ने प्रस्ताव

shivam cement
२०८२ पुष १८ गते १७:५०
Shares
कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप्ने प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप्ने प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवासहित कार्यसमितिको म्याद थप्ने प्रस्ताव अघि सारिएको हो । 

यसअघि म्याद माघ मसान्तसम्म बढाइएको थियो । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल मंसिरमा सकिनुअघि म्याद थप गरिएको थियो । 

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव गरेका छन् । नियमित महाधिवेशन पुस २६–२८ गते गर्ने निर्णय भने प्रभावित भइसकेको छ । 

यसबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसभित्र विशेष महाधिवेशन आवश्यक भएको बताएका छन् ।

सम्बन्धित खबर