
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका प्रस्ताव गरेको छ ।
बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख मसान्तमा १५औं महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
प्रस्ताव अनुसार चैत २१ गते गाउँ/नगर अधिवेशन, चैत २५ गते गाउँ/नगरपालिका अधिवेशन, चैत २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, वैशाख २ गते एक प्रतिनिधि सभा क्षेत्र र वैशाख ५ गते दुई वा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाको अधिवेशन तय गरिएको छ ।
प्रदेश अधिवेशन वैशाख १०–१२ र केन्द्रीय अधिवेशन वैशाख मसान्तभित्र गर्ने प्रस्ताव राखिएको छ ।
