
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन अब वैशाख २८–३१ मा हुने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्ताव पारित भएको नेता डा. शशांक कोइरालाले जानकारी दिए ।
पहिले मंसिर १५ गते निर्णयअनुसार पुस २६–२८ मा महाधिवेशन गर्ने तयारी भएको थियो । तर तालिका प्रभावित भएपछि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन तयारी गरेका थिए ।
यस्तो छ नयाँ तालिका :
चैत २१ – वडा अधिवेशन
चैत २५ – गाउँ/नगर अधिवेशन
चैत २८ – प्रदेश सभा क्षेत्रीय अधिवेशन
वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एकल क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन
वैशाख ५ – बहु–क्षेत्रीय जिल्ला अधिवेशन
वैशाख १०–१२ – प्रदेश अधिवेशन
वैशाख २८–३१ – केन्द्रीय अधिवेशन