
काठमाडौं : नेपाली कांग्रेसका संस्थापन पक्षका नेता एवं प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेबाटै समाप्त भइसकेको बताएका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महाधिवेशनको कार्यतालिका केही हेरफेर भएको र चुनावका कारण पूर्वनिर्धारित तालिका प्रभावित भएकोले केही समय पर धकेलेको उनले स्पष्ट पारे ।
बैठकमा संस्थापन इतरपक्षका नेताहरूले फरक मत राखेको पनि उनले जानकारी दिए ।