२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

महामन्त्री थापाले भने- पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला

shivam cement
२०८२ पुष १८ गते १८:४९
Shares
महामन्त्री थापाले भने- पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुंगोमा लाग्ने उनको भनाइ छ ।

पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा आफूले फरक मत राखेको उनको भनाइ छ । 

उनले पुस मसान्तभित्र हुने विषेश महाधिवेशनले पार्टीको अगामी नेतृत्व, नीति र कार्यदिशा तय गर्ने समेत जिकिर गरे । उनले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित खबर