२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

गाजामा गहिरिँदै मानवीय संकट, १० लाखभन्दा बढीलाई आश्रयको खाँचो

shivam cement
२०८२ पुष १९ गते १४:२४
Shares
गाजामा गहिरिँदै मानवीय संकट, १० लाखभन्दा बढीलाई आश्रयको खाँचो

संयुक्त राष्ट्र : संयुक्त राष्ट्रका महासचिवका प्रवक्ताको कार्यालयले शुक्रबार जनाएको अनुसार गाजामा अझै १० लाखभन्दा बढी मानिसलाई तत्काल आश्रय सहायता आवश्यक छ । यो संख्या गाजाको कुल जनसंख्याको करिब आधा हो ।

युद्धविरामपछि मानवीय सहयोगकर्ताले हजारौं टेन्ट र सयौं हजार तारपालिन तथा अन्य सामग्री वितरण गरे पनि आश्रयको आवश्यकता अझै कायम रहेको कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओचा) का अनुसार कठोर जाडोयामका कारण गाजामा धेरैजसो प्यालेस्टिनी परिवार वर्षा, हुरी र समुद्री छालले क्षतिग्रस्त अस्थायी टेन्टमा बस्न बाध्य छन् । यस अवस्थाले सबैभन्दा कमजोर परिवारहरू थप जोखिममा परेका छन् ।

यसैबीच, पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा काम गरिरहेका संयुक्त राष्ट्रका साझेदारहरूले ठोस फोहोर व्यवस्थापनमा गम्भीर चुनौती सामना गरिरहेका छन् । ल्यान्डफिलसम्म पुग्न नसक्नु, क्षतिग्रस्त पूर्वाधार र इन्धन अभावका कारण संकलन गरिएको र थुप्रिएको फोहोरबीचको अन्तर बढ्दै गएको छ ।

यद्यपि यी अवरोधबीच पनि संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)को सहयोगमा सञ्चालित टोलीहरूले युद्धविरामयता प्रत्येक महिना करिब एक हजार टन ठोस फोहोर हटाउँदै आएका छन्, जसले बालबालिका र उनीहरूका परिवारको स्वास्थ्य र कल्याण जोगाउन मद्दत पुर्‍याएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी)ले डिसेम्बरमा जारी गरेको प्रतिवेदनमा ठोस फोहोर व्यवस्थापन सबैभन्दा बढी प्रभावित सेवामध्ये एक भएको उल्लेख गर्दै सीमित अस्थायी फोहोर थुपार्ने स्थल मात्र सञ्चालनमा रहेको बताएको छ, जसले वातावरणीय तथा जनस्वास्थ्य जोखिम बढाएको छ ।

यसै साता जारी विज्ञप्तिमा संयुक्त राष्ट्रका विभिन्न निकाय र साझेदारहरू सम्मिलित अन्तर–एजेन्सी स्थायी समितिले इजरायली अधिकारीहरूलाई धेरै अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थामाथि प्रतिबन्ध लगाउने योजनाप्रति पुनर्विचार गर्न आग्रह गरेको छ । समितिले ती संस्थाहरू ओकुपाइड प्यालेस्टिनी क्षेत्रमा मानवीय सहयोग सञ्चालनका लागि अत्यन्तै महत्वपूर्ण रहेको जोड दिएको छ । –रासस/सिन्ह्वा

ताजा खबर

सम्बन्धित खबर