२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

कंगोमा विद्रोही आक्रमण, १४ जनाको मृत्यु

shivam cement
२०८२ पुष १९ गते १४:५२
Shares
कंगोमा विद्रोही आक्रमण, १४ जनाको मृत्यु

काठमाडौँ : अफ्रिकी मुलुक कंगोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् ।

उत्तर-पश्चिम नर्थ किभु प्रान्तमा राति सात किलोमिटरको क्षेत्रमा विद्रोहीले हमला गरेको स्थानीय नेता माकाएर सिभिकुनुलाले बताए। उनले भने, “तीन गाउँमा एकसाथ हमला भयो। राति ८ बजेदेखि १० बजेसम्म गोलीबारी भयो । १५ जनाको मृत्यु भयो र १३ घर जले ।”

स्थानीय बासिन्दाहरूले पनि यस आक्रमणलाई पुष्टि गरेका छन् । सेनाले दुई जना सैनिकको पनि मृत्यु भएको जनाएको छ । यो समूह प्रारम्भमा युगान्डाका पूर्व बेद्रोहीहरूले गठन गरेका थिए र १९९० दशकदेखि उत्तर पूर्वी कंगोमा सक्रिय छन् । यसले हजारौँ सर्वसाधारणको हत्या गरिसकेको छ ।

सन् २०२१ देखि युगान्डाका सैनिकहरू कंगोको सेनासँग मिलेर यस समूहविरुद्ध लडेका छन्, तर हिंसा रोक्न सफल भएका छैनन् । विद्रोही प्राय: असहाय नागरिकमाथि हमला गर्छन् र त्यसपछि जंगलतर्फ भाग्छन् ।

ताजा खबर

सम्बन्धित खबर