२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

ओलीको नाम झापा–५ बाट सिफारिस 

shivam cement
२०८२ पुष १९ गते १५:२२
Shares
ओलीको नाम झापा–५ बाट सिफारिस 

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली झापाबाट सिफारिस भएका छन् । उनको नाम झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट एकल सिफारिस भएको हो । 

झापा जिल्ला समितिका सचिव तुलसी कार्कीका अनुसार शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो । 

आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । उक्त निर्वाचनका लागि दलहरूले विभिन्न क्षेत्रबाट आ–आफ्ना उम्मेदवारहरूको नाम सिफारिस गरिरहेका छन् । 

ओली यसअघि पनि सोही क्षेत्रबाट २०७४ र ०७९ को निर्वाचनमा निर्वाचित भएका थिए ।

सम्बन्धित खबर