२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

भेनेजुएलाको राजधानीमै अमेरिकी आक्रमण, संकट घोषणा

shivam cement
२०८२ पुष १९ गते १५:४८
Shares
भेनेजुएलाको राजधानीमै अमेरिकी आक्रमण, संकट घोषणा

काराकस, भेनेजुएला : भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए । 

केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए । राजधानीको एक सैन्य ह्यान्गरबाट धुवाँ उठेको देखियो । २१ वर्षीया कार्यालयकर्मी कारमेन हिडाल्गोले भने, ‘सारा जमिन हल्लियो । यो अनुभव अत्यन्त डर लाग्दो थियो । हामीले विस्फोट र विमान देख्यौं ।’ 

राष्ट्रपति निकोलस मादुरोले आफ्ना समर्थकहरूलाई सडकमा आउन र ‘साम्राज्यवादी आक्रमण’को विरोध गर्न आह्वान गरेका छन् । सरकारले सबै राष्ट्रिय सुरक्षा योजना लागू गर्न आदेश दिएको छ र बाह्य संकटको घोषणा गरेको छ । 

यसअघि अमेरिकी सेनाले ड्रग तस्करी गर्ने डुंगाहरूलाई निशाना बनाएको थियो । मादुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गर्न र देशका तेल स्रोतमा पहुँच बनाउन खोजेको आरोप लगाएका छन् । –रासस/एपी

ताजा खबर

सम्बन्धित खबर