२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

भेनेजुएलाका राष्ट्रपति मदुरो दम्पतीलाई पक्राउ गरी देशबाहिर लगिएको ट्रम्पको दाबी 

shivam cement
२०८२ पुष १९ गते १६:२५
Shares
भेनेजुएलाका राष्ट्रपति मदुरो दम्पतीलाई पक्राउ गरी देशबाहिर लगिएको ट्रम्पको दाबी 

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो सैन्य आक्रमण सफल भएको दाबी गरेका छन् । शनिबार बिहान राजधानी कराकाससहित चार राज्यमा एकैसाथ विस्फोट भएपछि ट्रम्पले राष्ट्रपति निकोलस मदुरोलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाहिर लगिएको बताएका हुन् । 

न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार बिहान २ बजे विस्फोटका आवाज सुनिएका थिए, आकाश रातो देखिएको र धुवाँ उडिरहेको दृश्य सार्वजनिक भएको छ । भेनेजुएलाको सञ्चार मन्त्रालयले घटनामा अमेरिकाको हात रहेको भन्दै कडा निन्दा गरेको छ । विस्फोटपछि मदुरो सार्वजनिक रूपमा नदेखिएको र उनको अवस्थाबारे आधिकारिक जानकारी नआएको जनाइएको छ ।

ट्रम्पले मदुरोमाथि चुनावी धाँधली र लागुऔषध ओसारपसारको आरोप लगाउँदै प्रतिबन्ध र दबाब बढाउँदै आएका थिए । मदुरोले भने आरोप अस्वीकार गर्दै संवादमार्फत समाधान खोज्न तयार रहेको बताएका थिए ।

ताजा खबर

सम्बन्धित खबर