२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन ध्यानाकर्षण

ADV
मध्यान्ह
२०८१ साउन १४ गते १७:०४
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन ध्यानाकर्षण

काठमाडौँ : सांसद अब्दुल खानले अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको भन्दै यथाशीघ्र राजमार्ग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सो सडक अवरुद्ध हुँदा दैनिकी हजारौँ यात्री समस्यामा परेका भन्दै यथाशीघ्र सञ्चालन गराउन आग्रह गरे ।

सांसद खानले दैलेखको आठबिसे नगरपालिका–१ असारघाट नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको बताउँदै सुर्खेतबाट माथिलो कर्णाली र माथिलो कर्णालीबाट सुर्खेततर्फ आवतजावत गर्ने सवारीसाधन र यात्री अलपत्र परेका जानकारी गराए ।

सांसद खानले कास्कीको पोखरामा भएको स्कुल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन संसद्मार्फत सरकारलाई आग्रह गरे । उनले हवाई तथा सडक यातायात असुरक्षित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै सुरक्षित यात्राको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरीयतामाथि प्रश्न उठेको टिप्पणी गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise