२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रास्वपा केन्द्रीय समितिको बैठक आह्वान

shivam cement
२०८२ पुष १९ गते १८:०१
Shares
रास्वपा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वान तथा महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा केन्द्रीय समितिको बैठक बस्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । 

महामन्त्री बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठकमा पार्टी समायोजन, विस्तार तथा संगठन सुदृढीकरणसम्बन्धी विषयमा मुख्य रूपमा छलफल हुनेछ । साथै, विविध विषयमा पनि आवश्यक निर्णय लिने कार्यसूची रहेको छ ।

केन्द्रीय समितिका सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन गरिएको छ । पार्टी संगठनलाई थप प्रभावकारी बनाउने र भावी रणनीतिलाई स्पष्ट पार्ने उद्देश्यले बैठक महत्त्वपूर्ण हुने नेताहरूले बताएका छन् । 

बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित खबर