काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नयाँ नेतृत्वको लागि चहलपहल शुरू भएको छ । एसोसिएसनले आगामी वैशाख ७ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने योजनासहित साधारणसभा गर्दैछ ।
एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको बैठकले कार्यसमितिको निर्वाचनका लागि संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाटको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिको सदस्यमा कमलदेव मल्ल र अधिवक्ता दुर्गादत्त पाण्डे रहेका छन् ।
सत्तारूढ नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको एसोसिएसनको निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ । विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २१ सदस्यीय रहने भएपनि कार्यसमितिमा १७ जनाको निर्वाचन हुनेछ । ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।
निर्वाचनको मिति नजिकिएसँगै एसोसिएसनमा नेतृत्वका आकांक्षीहरु सक्रिय भएका छन् । अध्यक्षका लागि हालका वरिष्ठ उपाध्यक्ष तारानाथ अर्याल र पूर्व उपाध्यक्ष ऋषि शर्माको चर्चा छ भने कतिपय अग्रज व्यवसायीहरूले दुई वर्षे कार्यकाल निर्विवाद रूपमा चलाएको भन्दै वर्तमान अध्यक्ष ढकाललाई नै दोहो¥याउनु उचित हुने मत राखेको बताइएको छ ।
वरिष्ठ उपाध्यक्षमा किशोर कुमार केसी, भवानी निरौला, थिरमणि पौडेल र जनक खड्का आकांक्षी देखिएका छन् । द्वितीय उपाध्यक्षमा नारायण पराजुली, मेघनाथ भुर्तेल र मित्रदेव घिमिरे, तृतीय उपाध्यक्षमा बाबुलाल मगर ( नरेन्द्र ) र केशवराज न्यौपाने, महासचिवमा कमल काफ्ले र विनोद जंग केसी, सचिवमा कृष्णप्रसाद जैसी, कर्णराज कटुवाल, भोजराज भुषाल, प्रकाश बोहरा, विक्रम श्रेष्ठ र जंग बहादुर ईजम, सहसचिवमा नवीन पोखरेल, तुल्सी पुरी, अमीर बास्तोला र सुरेश ढकालले दाबी गरेको श्रोतले बतायो । कोषाध्यक्षमा राजेश गौतम तथा ईन्द्र आचार्य, सहकोषाध्यक्षमा निलम केसीको चर्चा छ ।
कार्यसमितिका सदस्यमा हेमन्त न्यौपाने, किरण न्यापाने, प्रेम दुलाल, हर्क लिम्बू, मान बहादुर कुँवर, हरि केसी, यमबहादुर केसी, विष्णु सापकोटा, सुनिता श्रेष्ठ, माधव भण्डारीलगायतले इच्छा देखाएको बताइएको छ ।
पार्टीले केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डे, पूर्व अध्यक्ष बिमल प्रसाद ढकाल, किरण किशोर घिमिरे, तिलबहादुर रानाभाट, प्रज्ञान न्यौपाने, कृष्ण पौडेल र अध्यक्ष नरेन्द्र प्रसाद ढकाललाई सहमतिको आधारमा नेतृत्व चयन गराउने जिम्मेवारी दिई खटाएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies