२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै

shivam cement
२०८२ पुष २० गते १७:३५
Shares
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औं महाधिवेशन, आसन्न राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

यसअघि कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको १५औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । अर्कोतिर कांग्रेस केन्द्रीय कार्यालयमा गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्ताव पनि विचाराधीन अवस्थामा रहेको छ । –रासस

सम्बन्धित खबर