
काठमाडौं : नेसनल लाइफ इन्स्योरेन्सले सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बिमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५ सयभन्दा बढी अभिकर्तासहित विभागीय प्रमुख, प्रदेश प्रमुख एवं बागमती प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई सिइओे क्लबको सदस्यता वितरण तथा सम्मान गरिएको थियो । साथै, नेसनल रत्न र नेसनल स्टार विजेता अभिकर्तालाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो ।
त्यस्तै, सो प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम दोस्रो र तेस्रो हुन सफल उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब कार्यक्रममा नेपालभरबाट १६ सय जनाभन्दा बढी अभिकर्ता छनोट हुनुले सो योजना अत्यन्तै सफल भएको बताएका थिए ।