२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

नेपाल लाइफले १६ प्रतिशत नगद लाभांश दिने

shivam cement
२०८२ पुष २० गते २१:२१
Shares
नेपाल लाइफले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको २६औं वार्षिक साधारण सभाले लाभांश र बोनस दिने घोषणा गरेको हो । 

साधारण सभाले वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी ९ अर्ब २८ करोड ७३ लाखको २१ दशमलव शून्य ५ प्रतिशतले हुन आउने १ अर्ब ९० करोड ७ लाख ९२ हजार सेयरधनीलाई लाभांशका रूपमा प्रदान गर्ने जसमा १६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (लाभांशको कर सहित) र ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारण सभाले गोविन्द लाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षका रूपमा चयन गरेको छ । जसमा संस्थापक समूहअन्तर्गत गोविन्द लाल संघई, कमलेशकुमार अग्रवाल र विवेककुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ ।

यस्तै, साधारण सभाले लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पनि स्वीकृत गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर