२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

डिप्रोक्स लघुवित्तद्वारा डिजिटल वित्तीय तालिम प्रदान

shivam cement
२०८२ पुष २० गते २१:२३
Shares
डिप्रोक्स लघुवित्तद्वारा डिजिटल वित्तीय तालिम प्रदान

काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले डिजिटल वित्तीय तालिम प्रदान गरेको छ । संस्थाले १ सय जनाभन्दा बढी सदस्यलाई वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरेको हो ।

डिप्रोक्स र ई–सेवाको संयुक्त आयोजनामा वीरगन्ज, पर्सामा वित्तीय तथा डिजिटल साक्षरता र ई–सेवामार्फत भुक्तानीसम्बन्धीे तालिम गरिएको थियो । संस्थाका सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि, सुरक्षित र भरपर्दो डिजिटल कारोवार प्रवर्धन तथा ई–सेवामार्फत सहज रूपमा भुक्तानी गर्न सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सो तालिम कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।

तालिममा सहभागी सदस्यहरूले डिजिटल भुक्तानी प्रणालीको प्रयोग, सुरक्षा सावधानी तथा वित्तीय व्यवस्थापनसम्बन्धी महत्वपूर्ण जानकारीले आफूहरूलाई वित्तीय व्यवस्थापनमा सकारात्मक सोच प्राप्त भएको र सोहीअनुरूप डिजिटल वित्तीय सेवा प्रयोग गर्नेे प्रतिबद्धता व्यक्त गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर