
काठमाडौं : नेपाल बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, बैंकको क्रेडिट कार्ड होल्डर र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीलाई काठमाडौं चाबहिलमा रहेको मेडिकेयर अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्राप्त हुने भएको छ ।
बैंक र मेडिकेयरबीच भएको सम्झौताबमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, बैंकको क्रेडिट कार्ड होल्डर र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर अस्पतालको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका छन् । सम्झौताबाट नेपाल बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले मेडिकेयर अस्पतालबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने जनाइएको छ ।