२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

प्राइम टाइल्सको ‘अन ह्वील्स एक्सपेरियन्स सेन्टर’ सुरु

shivam cement
२०८२ पुष २० गते २१:२७
Shares
प्राइम टाइल्सको ‘अन ह्वील्स एक्सपेरियन्स सेन्टर’ सुरु

काठमाडौं : नेपालको प्रिमियम टाइल्स ब्रान्ड प्राइम टाइल्सले आफ्ना आधिकारिक डिलरहरूसम्म प्रत्यक्ष पहुँच पुर्‍याउन दुईवटा ‘एक्सपेरियन्स सेन्टर अन ह्वील्स’ को सुरुवात गरेको छ ।

कम्पनीले देशभर छरिएका डिलर, ग्राहक, आर्किटेक्ट र निर्माण क्षेत्रमा संलग्न कालिगढहरूलाई ब्रान्डको पछिल्लो उत्पादन र गुणस्तरबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यले सो चल्ती एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो ।

यस अभियानका लागि कम्पनीले दुईवटा विशेष ब्रान्डेड ट्रकहरू तयार गरेको छ । ती ट्रकहरूले देशका विभिन्न भू–भागमा रहेका प्राइम टाइल्सका डिलरहरूको परिसरमै पुगेर सेवा दिने कम्पनीले जानकारी दिएको छ ।

त्यसमा प्राइम टाइल्सका नयाँ र आधुनिक डिजाइनहरू प्रत्यक्ष हेर्न सकिने, टाइल्सको गुणस्तर, विशेषता र प्रविधिबारे विस्तृत जानकारी लिन सकिने र डिलर र ग्राहकहरूले आफ्नै स्थानमा बसेर अन्तर्राष्ट्रिय स्तरको सोरुमको अनुभूति गर्न पाउने कम्पनीले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर