काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको निर्वाचन नजिंकिंदै गर्दा उम्मेद्वार आकॉक्षीहरु बढ्दै गएका छन् । यसैक्रममा पुराना व्यवसायी राजकुमार कार्कीले आफुले एसोसिएसनको अध्यक्ष पदमा उम्मेद्वारी दिने बताएका छन् ।
कवि, लेखक तथा बत्तीसपुतलीस्थित मियोन ईण्टरनेशनल प्रा.लि.का प्रवन्ध निर्देशक कार्कीले आफुसमेत कॉग्रेस निकट थोरै व्यवसायी मिलेर डेढ दशक अगाडी एसोसिएशनको परिकल्पना गरेर नेपाल बैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व तहमा लोकतान्त्रिक पक्षधर व्यवसायीहरुलाई पुर्याएको उल्लेख गर्दै आगामी दिनमा एसोसिएसनलाई आम व्यवसायी माँझ लोकप्रिय बनाउन आफु सक्षम रहेको दावी गरे । बरिष्ठताको आधारमा पनि आफुले एसोसिएसनको नेतृत्व गर्न पाउनु पर्ने उल्लेख गर्दै कार्कीले यसअघि अन्य साथिहरुलाई नेतृत्व गर्न छोडेको जिकिर गरे ।
अध्यक्षका लागि हालका वरिष्ठ उपाध्यक्ष तारानाथ अर्याल र पूर्व उपाध्यक्ष ऋषि शर्माको चर्चा छ भने कतिपय अग्रज व्यवसायीहरूले दुई वर्षे कार्यकाल निर्विवाद रूपमा चलाएको भन्दै वर्तमान अध्यक्ष ढकाललाई नै दोहोर्याउनु उचित हुने मत राखेको बताइएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्क्षुक संस्था एसोसिएसनले आगामी वैशाख ७ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने योजनासहित साधारणसभा गर्दैछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies