२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणा सभा राष्ट्रिय सभा गृहमा

shivam cement
२०८२ पुष २१ गते १५:३४
Shares
रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणा सभा राष्ट्रिय सभा गृहमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थरुहट/थारुवान क्षेत्रका नेतृत्व र अभियन्ताहरूसँगको बृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ । सोमबार दिउँसो १ बजे काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना सभा सुरु भएको हो । 

कार्यक्रममा थरुहट/थारुवान क्षेत्रका प्रतिनिधि नेतृत्व, अभियन्ता तथा रास्वपाका शीर्ष नेताहरूको सहभागी छन् । रास्वपाले समावेशी राजनीति, क्षेत्रीय पहिचान र साझा राजनीतिक एजेन्डालाई संस्थागत गर्ने उद्देश्यसहित यो समायोजन घोषणा सभा आयोजना गर्न लागेको बताइएको छ । पार्टीले यो कार्यक्रमलाई आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण मोडको रूपमा व्याख्या गरेको छ ।

कार्यक्रममार्फत थरुहट/थारुवान क्षेत्रका मुद्दा, माग र राजनीतिक आकांक्षालाई राष्ट्रिय राजनीतिको मूलधारमा जोड्ने सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ । साथै, नयाँ राजनीतिक समझदारी र सहकार्यको औपचारिक घोषणा हुने संकेत पनि पार्टीले दिएको छ ।

उक्त सभामा पार्टीको भावी रणनीति, संगठन विस्तार र क्षेत्रीय प्रतिनिधित्वबारे धारणा सार्वजनिक हुने तयारी रहेको रास्वपाका नेताहरूले बताएका छन् ।

 

सम्बन्धित खबर