२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

प्रचण्ड र आरजु भारतमा 

shivam cement
२०८२ पुष २१ गते १६:२५
Shares
प्रचण्ड र आरजु भारतमा 

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको नयाँदिल्ली पुगेका छन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दल समेटेर पार्टी गठन गरेपछि उनको यो पहिलो दिल्ली यात्रा हो । 

प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न गएका प्रचण्ड सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ । फागुन २१ को चुनाव नजिकिँदै गर्दा उनको यात्रालाई चासोका साथ हेरिएको छ, यद्यपि सन्देश सभा बाहेक अन्य भेटघाटको कार्यक्रम नरहेको सचिवालयले जनाएको छ ।

यस्तै, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सोमबार दिल्ली प्रस्थान गरेकी छन् । देउवाको सचिवालयका अनुसार उनी फलोअप उपचारका लागि नयाँदिल्लीस्थित म्याक्स अस्पताल गएकी हुन् । 

यसअघि २०७९ साउनमा त्यही अस्पतालमा उनको पाठेघरको शल्यक्रिया भएको थियो । उपचारकै सिलसिलामा भए पनि दिल्ली बसाइमा राजनीतिक भेटघाट हुन सक्ने कांग्रेस नेताहरू बताउँछन् ।

सम्बन्धित खबर