२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

हर्मोसाले मनायो तेस्रो वार्षिकोत्सव

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष २१ गते १९:३२
Shares
हर्मोसाले मनायो तेस्रो वार्षिकोत्सव

दोहा, कतार : कतारमा रहेका नेपाली युवा व्यवसायीद्वय पूर्णबहादुर पोखरीया र राकेश श्रेष्ठले सञ्चालनमा ल्याएको हर्मोसा ब्युटी पार्लरले तेस्रो वार्षिकोत्सव मनाएको छ । अंग्रेजी नयाँ वर्षकै अवसर पारेर सन् २०२३ को जनवरीमा उद्घाटन भएको पार्लरको एक कार्यक्रमको आयोजना गरी केक काटेर सांगीतिक माहोल तथा मनोरञ्जनात्मक खेल खेलाउँदै मनाइएको हो ।

वेस्ट प्याक होटेलको सभा हलमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा भाग लिन आएका पार्लरका परिवार तथा अन्य उपस्थितलाई सम्बोधन गर्दै पार्लरका सञ्चालक पोखरीयाले स्टाफहरूकै कारण हर्मोसाले सफलता पाएको बताउँदै छिट्टै नै शाखा विस्तार गर्नेतर्फ आफूहरू लागेको बताए । वर्षभरि काम गरेका आफ्ना स्टाफहरूलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिरहँदा स्टाफहरूमा छुट्टै खुसी थियो । वर्षभरिको उत्कृष्ट कामदार र सबैभन्दा बढी आम्दानी गर्न सफल स्टाफका रूपमा लिह गोमेज र लक्ष्मी मगरलाई समेत मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै अर्का सञ्चालक श्रेष्ठले वर्तमानमा पार्लरमा काम गर्ने स्टाफहरू सँग वर्षभरिको खुसी साटे ।  उनले सौन्दर्य व्यवसाय एक कला भएको बताउँदै कलाको मोल नहुने बताए । कतारको अलसादमा अवस्थित अल स्मख मलमा रहेको पार्लरमा प्रभा श्रेष्ठको नेतृत्वमा एक दर्जन भन्दा बढी नेपाली फिलिपिन्स र अफ्रिकन देशका ब्युटीसियनहरु कार्यरत छन् । वार्षिकोत्सवको अवसरमा म्युजिकल चेयर लगायतका मनोरञ्जनात्मक खेल खेलाइएको थियो ।

सम्बन्धित खबर