२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

तीन प्रदेश प्रमुख फेर्ने सरकारको निर्णय

ADV
मध्यान्ह
२०८१ साउन १४ गते २०:२८
तीन प्रदेश प्रमुख फेर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले तीन वटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।

बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise