२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

‘देशभर एकै पटक निर्वाचन नहुन सक्छ, मनोवैज्ञानिक रुपले तयार रहनुस्’

shivam cement
२०८२ पुष २२ गते १३:२४
Shares
‘देशभर एकै पटक निर्वाचन नहुन सक्छ, मनोवैज्ञानिक रुपले तयार रहनुस्’

काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । 

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन् । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वको बीचमा छलफल भइरहेको बताए । 

उनले अध्यक्ष ओलीले वाह्य रुपमा निर्वाचनको माहोल बनेको र त्यसमा तयारी गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको पनि बताए । .आगामी निर्वाचनलाई आन्दोलनकै रुपमा लिनुपर्ने उनको भनाइ छ । 

उनले अध्यक्ष ओलीले सरकारको गतिविधि र देशमा भइरहेको साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्यौलता सिर्जना गरेको बतायोए । खण्ड खण्डमा निर्वाचन हुनसक्ने भन्दै त्यसबारे पनि मनोवैज्ञानिक रुपमा तयार रहन अध्यक्ष ओलीले निर्देशन दिएको बताए ।

सम्बन्धित खबर