
काठमाडौं : आसन्न राष्ट्रिय सभा निर्वाचनमा प्रमुख तीन दलले तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तालमेल गर्ने भएका हुन् ।
कांग्रेसले ७, एमालेले ७, नेकपाले ३ र जसपाले १ सिट लिने समझदारी भएको सिट बाँडफाँडमा सहभागी स्रोतले बतायो । स्रोतका अनुसार सीट संख्या लगभग टुंगिसकेको र कसको उम्मेदवार कहाँ हुने भनेर क्लस्टर मिलाउने कोसिस भइरहेको छ ।
त्यस्तै उक्त निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालसँग दलीय एकता गरेका महन्थ ठाकुर मधेशबाट उम्मेदवारी बन्ने तयारी गरेका छन् । यी चार दल मिल्दा राष्ट्रिय सभा निर्वाचनमा १८ सीटमै जित निकाल्ने निश्चित जस्तै छ ।
माघ ११ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।