
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यलयमा पूर्वउपसभापति विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना भएको बताएको छ ।
विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार पत्रकार सम्मेलन गरी उक्त घटनाको जिम्मेवारी आफूहरूले नलिने बताएको हो । विशेष महाधिवेशन पक्षधरहरूले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन गएका नेता निधिलाई बाटो छेकेरे दुर्व्यवहार गरेका थिए । तर उक्त घटनामा आफूहरूको संलग्नता नरहेको विशेष महाधिवशेन पक्षधरका नेताहरूको दाबी छ ।
पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले उक्त घटना स्वतः स्फुर्त भएको बताए । आफूहरूले त्यस्तो गतिविधि नगर्ने पनि उनले दाबी गरे ।
उनले विशेष महाधिवेशनको लागि आफूहरूले तीव्र तयारी थालेको पनि जानकारी दिए । विशेष महाधिवेशनका लागि विभिन्न १८ वटा समिति बनाएको उनले बताए । उनले विशेष महाधिवेशनमा भाग लिनका लागि काठमाडौं आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गरे ।