२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

तीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको दबाब

shivam cement
२०८२ पुष २२ गते १७:१५
Shares
तीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको दबाब

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा सुझाइएको एक मन्त्रीले बताएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले राजनीतिक गतिविधिमा संलग्न नहुने मात्र मन्त्री सरकारमा रहनुपर्ने स्पष्ट पारेकी थिइन् । विशेषगरी कुलमान घिसिङको राजनीतिक सक्रियताप्रति प्रधानमन्त्री गम्भीर रहेको बताइएको छ । 

हालै कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपामा मिसिएको र उनलाई उपाध्यक्ष बनाइएको थियो । भदौ २३–२४ को जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएको हो । 

उक्त सरकारमा दलमा आवद्ध कुनै पनि व्यक्तिलाई मन्त्री नियुक्त नगर्ने प्रधानमन्त्री कार्कीले बताएकी थिइन् । तर, पछिल्लो सयम मन्त्रीहरू कुलमान, जगदीश र बब्लुु प्रत्यक्ष वा परोक्ष राजनीतिमा संलग्न भएपछि प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिन सुझाव दिएकी छन् । 

यदि उनीहरू राजीनामा नदिएमा पहिले दबाब दिने र नमाने बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री कार्की रहेको स्रोतले बतायो ।

सम्बन्धित खबर