२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

काेशीमा मन्त्रीमण्डल पुनर्गठन, को-को बने मन्त्री ?

shivam cement
तेज बन
२०८२ पुष २२ गते १७:२७
Shares
काेशीमा मन्त्रीमण्डल पुनर्गठन, को-को बने मन्त्री ?

इटहरी : काेशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले १० जना बहालवाला मन्त्री हटाएर मंगलबार नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । काेशी प्रदेशमा मन्त्री मन्डल गठन भएकाे याे १८औं पटक हाे ।

तीन महिनादेखि  मन्त्रीहरू फेर्ने कसरतमा लागेका मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका सांसदबीच व्यापक छलफल चलाएका थिए । मुख्यमन्त्री कार्कीले मंगलबार नेकपा एमालेबाट ५ जना र नेपाली कांग्रेसबाट ५ जना गरी १० जना नयाँ अनुहारसहितकाे मन्त्रीमण्डल गठन गरेका हुन् ।

कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, मानबहादुर लिम्बू स्वास्थ्य, इस्राइल मन्सुरी कृषि तथा सहकारी, भीम पराजुली पर्यटन, वन तथा वातावरण र शाेभा चेम्जाेङ भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

त्यस्तै नेकपा एमालेबाट विदुर कुमार लिङ्थेप आर्थिक मामिला तथा योजना, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, रामप्रसाद मेहता सामाजिक विकास र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीमण्डललाई प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराइएकाे छ ।

सम्बन्धित खबर