२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

राष्ट्रिय सभामा ३ दलीय तालमेल, नेकपाको ४ सिटमा दाबी 

shivam cement
२०८२ पुष २२ गते १७:२९
Shares
राष्ट्रिय सभामा ३ दलीय तालमेल, नेकपाको ४ सिटमा दाबी 

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस र एमालेसँग तालमेल हुँदा मतभारका आधारमा ४ सिट पाउनुपर्ने दाबी गरेको छ ।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी परामर्श बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतभारअनुसार सिट बाँडफाँडको प्रस्ताव राखेका छन् । नेताहरूका अनुसार सातै प्रदेशको मतभार जोड्दा कांग्रेसको करिब २१ हजार, एमालेको १७ हजार र नेकपाको १२ हजार बढी मतभार छ । त्यसअनुसार १८ सिटमध्ये कांग्रेस ८, एमाले ६ र नेकपाले ४ सिट पाउने गणना गरिएको छ ।

मधेश प्रदेशमा जसपा नेपाल तेस्रो स्थानमा रहेकाले कांग्रेसले एक सिट छोडेर जसपालाई दिने प्रस्ताव पनि छलफलमा छ । नेकपाले ४ सिट नपाए गठबन्धन नगरी निर्वाचनमा जाने मत पार्टीभित्र बलियो रहेको बताइएको छ ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ । बाँकी १८ पदका लागि माघ ११ मा निर्वाचन हुँदैछ भने मनोनयन दर्ता भोलि हुँदैछ ।

सम्बन्धित खबर