२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अमेरिकामा गोली हानेर रुकुम पश्चिमका युवकको हत्या

ADV
प्रचण्ड खत्री
२०८१ साउन १४ गते २१:४०
अमेरिकामा गोली हानेर रुकुम पश्चिमका युवकको हत्या

रुकुम पश्चिम : ग्यास स्टेशनमा काम गर्ने क्रममा आइतबार बिहान लुटेराको आक्रमणमा परेर अमेरिकाको टेक्ससमा रुकुम पश्चिमका एक युवकको हत्या भएको छ । बाफिकोट गाउँपालिका वडा नम्बर १० का दिपक वलीको गोली हानी हत्या भएको हो । 

उनी लाखौं रकम खर्चेर १ वर्षअघि मात्र अवैधानिक बाटो हुँदै अमेरिका पुगेका थिए । टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेशनमा कार्यरत ३० वर्षीय  वलीलाई लुटेराले गोली हानेर हत्या गरेका एक नेपालीले बताए । 

अन्दाजी बिहान ५ बजेको समयमा वली कार्यरत ग्यास स्टेशनमा आएर दुई लुटेराले गोली प्रहार गरेको बताइएको छ । 

एक जना श्वेत र अर्का अश्वेत लुटेराहरुले स्टोरमा पसेर एक्कासी गोली प्रहार गरेको र उनको घटनास्थलमै निधन भएको बताएको छ ।

तीन जनाको समूहमा आएका लुटेरामध्ये एकजना भने बाहिर गाडीमै बसेको र दुईजना स्टोरमा पसेर हत्या गरेको बुझिएको मृतकका आफन्तले बताएका छन् । 

उनका ५ वर्षीया छोरी, पत्नी र आमाबाबु छन् । मृतक वली ग्रीनकार्डको प्रकृयामा रहेको बताइएको छ ।

लुटेराहरुले उनलाई गोली प्रहार गर्नुअघि बिहान ३ बजेतिर अर्कै ग्यास स्टेशनमा पुगेर लुटेका थिए । त्यहाँ पनि नेपाली क्लर्कनै कार्यरत थिए । त्यसमा भने लुटेर क्लर्कलाई कुटपिट गरेका थिए ।

उनको मृत्युको खबरले गाउँनै शोकमय भएको छ । उनका परिवार र आफन्तले कुशको शव बनाएर अन्त्यष्टी गरेका छन् । 

दिपकका बाबु बाख्रा पालन गर्दै आएका छन् । उनका भाइ भने रोजगारीकै सिलसिलामा विदेशमा रहेका छन् । 

उनको घरमा सात जनाको परिवार छ । दिपककी श्रीमती भने छोरीलाई पढाउन दाङमा रहेकी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise