२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

माघ ११ को निर्वाचनमा कांग्रेसद्वारा अन्य दलसँग तालमेल गर्ने निर्णय

shivam cement
२०८२ पुष २२ गते १८:०९
Shares
माघ ११ को निर्वाचनमा कांग्रेसद्वारा अन्य दलसँग तालमेल गर्ने निर्णय

काठमाडौं : नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरेर जाने निर्णय गरेको छ । 

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस, एमाले, नेकपा र जनता समाजवादी पार्टी नेपालबीच तालमेलको सहमति भएको जनाइएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकले दलहरूसँग भएको छलफलको जानकारी बैठकमा गराएका थिए । कार्यसम्पादन समितिको अर्को बैठक बुधबार बिहान ९ बजे बस्ने छ ।

सम्बन्धित खबर